बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ मा गत जेठ २३ गते १८ वर्षीया युवतीमाथि स्थानीय पुरुषले जबरजस्तीकरणी गरेका थिए ।
सो घटनालाई गाउँमै मिलापत्र गराउँदै अगुवाहरुले पीडक पक्षले युवतीलाई १ तोला सुन दिने सहमती गरेका थिए । तर पीडकले सुन नदिएपछि घटना बाहिरिएको छ ।
बिहिबार युवतीमाथि जबरजस्तीकरणी गर्ने युवक सहित मिलापत्र गराउने ४ जना विरुद्ध जाहेरी दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा पीडित युवतीले जबरजस्तीकरणी गर्ने युवकसहित घटना गाउँमै मिलापत्र गराउँने ४ जना विरुद्ध जाहेरी दर्ता गराएकी हुन् ।
बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित युवतीले जबरजस्तीकरणी गर्ने युवकसहित घटना गाउँमै मिलाउँने विरुद्ध जाहेरी दिएको बताउनुभयो ।
जाहेरी दिएलगत्तै घटना मिलापत्र गर्ने २ जनालाई पक्राउ गरिएको बताउँदै प्रहरी नायब उपरीक्षक अधिकारीले बलात्कारका आरोपी युवक सहितका अन्य २ जना फरार रहेकाले खोजी भइरहेको जानकारी दिनुभयो ।
बलात्कारमा संलग्न भनिएका स्थानीय दिपकसिह धामी अहिले फरार रहेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।





प्रतिक्रिया