दार्चुला । गाउँमा बिजुली नबलेपछि दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका स्थानीयहरु आन्दोलित भएका छन् ।

नेपाल विद्युत प्राधिकरण र निर्माण व्यवसायिको चरम लापरवाहीका कारण ग्रामिण विद्युतिकरणमा ढिलाइ भएको भन्दै शैल्यशिखर नगरपालिका–६ पनेबाजस्थित महाकाली लोकमार्ग र स्थानीय बजार क्षेत्रमा शुक्रबार दिउँसो ११ बजेदेखि १२ बजेसम्म एक घण्टाका लागि बन्द गरेर आन्दोलनको शुरुवात गरिएको स्थानीय गणेशसिंह धामीले बताउनुभयो ।

हाम्रो माग पूरा गर, विद्युत जडानमा भेदभाव गर्न पाइदैन, मेरो प्रश्न नेतालाई बिजुली कहिले जनतालाई, उज्यालो नेपाल भएन बिजुली बाल्न पाएन जस्ता नारा लेखिएका पम्पलेट हातमा ल्याएर जनता सडकमा उत्रिएका छन् । विगत तीन वर्ष पहिले नै पोल गाडिएको ठाउँमा अहिलेसम्म लाइन विस्तार नभएको र गाडिएका धेरै पोलहरुसमेत ढलिसकेकोले तत्काल गाउँमा विद्युतिकरण गर्नुपर्ने आफुहरुको माग रहेको चक्काजाममा सहभागि जगदीशसिंह धामीले बताउनुभयो ।

शैल्यशिखर र मालिकार्जुनका स्थानीयहरुले यस अघी लक्ष्मी पूजाको दिनसम्म विद्युत बाल्न नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रलाई निवेदन मार्फत अल्टिमेटम दिएका थिए । माग पुरा नभएपछि थप आन्दोलन थालिएको स्थानीय दिपेन्द्रसिंह धामीले बताउनुभयो ।

३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा भएर पनि हालसम्म विद्युत बाल्न नपाएको भन्दै स्थानीय आक्रोशित भएका छन् । तत्काल विद्युतिकरणको काम नथाले १५ गते चमेलिया जलबिद्युत आयोजनाको विद्युत गृहमै गएर आन्दोलन गर्ने कार्यक्रम रहेको स्थानीय धामीको भनाई छ । हालसम्म शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६, ७ र ८ तथा मालिकार्जुन गाउँपालिकाको वडा नम्बर २, ३ र ८ मा तीन वर्ष पहिले पोल गाडिए पनि लाइन बिस्तार नभएको स्थानीय जगदीश धामीले गुनासो गर्नुभयो ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका सुपरभाइजर कुलदिप सादाका अनुसार शैल्यशिखर नगरपालिकाको विद्युतिकरण हुन बाकी क्षेत्रमा बिजुली बाल्न नेपाल विद्युत प्राधिकरण क्षेत्रिय कार्यालयबाट ठेक्का भएर काम शुरु हुने चरणमा छ ।

चमेलिया प्रभावित दार्चुलाको शैल्यशिखर र बैतडीको डिलाशैनी गाउँपालिकामा विद्युतिकरण गर्न आवश्यक निर्माण सामाग्री ढुवानी भइसकेको सुपरभाइजर सादाले बताउनुभयो । मालिकार्जुनमा समेत चालु आर्थिक वर्ष भित्रै विद्युतिकरणको काम गर्ने योजना रहेको उहाँको भनाई छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?