दार्चुला । केहि दिन पहिले दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ अन्तरगत रहेको आम्पानी जंगलमा सडेको अवस्थामा मृत फेला परेका लेकमकै वडा नम्बर १ सर्मोली घर भएका गजि भनिने गगन साउँदको शव आफन्तको जिम्मा लगाएपछि अन्तिम संस्कार गरिएको छ ।

अन्दाजी ५० वर्षीय मृतक साउँदको शव मंगलबार आम्पानी जंगलमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गत वर्षको दशैँ मनाएर रोजगारीको सिलसिलामा भारत गएका साउँदको शव आम्पानी जंगलमा कुहिएको अवस्थामा फेला परेको थियो ।

शवको दायाँबायाँ बाकस, अटेज, झोला, जुत्ता, कचौँरा लगायत सामाग्री समेत फेला परेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेर सामाग्री चेकजाँच गर्दा झोलामा पुरानो फोटो भेटिएको र फोटोको आधारमा शवको पहिचान गरि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।

मृतक पुरुषको दुई महिना भन्दा बढी समय पहिले मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । कार्पेटको माथि उत्तानो परेको अवस्थामा शव फेला परेपछि इलाका प्रहरी कार्यालय गोकुलेश्वर र लालीबाट प्रहरी परिचालन भएका थिए ।

शव फेला परेको बाटोमा नियमित मानिसहरुको आवतजावत नहुने भएकोले शव कुहिदा सम्म समेत कसैले थाहा नपाएको बताइएको छ । मंगलबार बिटोरा माइत भएका एक जना मानिस शेराबाट माइत गएपछि शव फेला परेको र शवबारे खबर गर्दा गाउँमा सबैले थाहा पाएर प्रहरीलाई समेत खबर गरेका छन् ।

स्थानीयहरुले दिएको जानकारी अनुसार शेरा वा रतौडा नाकाबाट महाकाली तरेर ती पुरुष दार्चुला भित्रिएको अनुमान गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को जोखिम बढेपछि तीन, चार महिना पहिले भारतका विभिन्न सहरबाट ट्युव वा पौडीको साहारामा महाकाली नदी तरेर सयौँ मानिस नेपाल भित्रिएका थिए ।

दुई महिना पहिले भारतबाट नेपाल भित्रिएको अनुमान गरिएका मृतक साउँदको शव आफन्तले बुझेर अन्तिम संस्कार गरिसकेको स्थानीय दिपक बिष्टले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?