क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना सङ्क्रमण

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएको हो । लामिछाने आफैँले कोरोना भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन् ‘कोरोना परीक्षणको क्रममा सङ्क्रमण भएको नतिजा आएको छ । मलाई बुधबारदेखि नै शरीर दुखिरहेको थियो । तर, अहिले मेरो स्वास्थ्य अवस्था सुधार हुँदै गएकाे छ ।

चाँडै स्वस्थ्य भएर फिल्डमा फर्कने छु ।’ उनले अहिले होम आइसोलेशनमा रहेको र चाँडै नै स्वस्थ्य भएर मैदान फर्किने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?