च्याम्पियन्स लिग फुटबलमा आज राति आठ खेल हुँदै

दार्चुला । युईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति आठ खेल हुँदैछन्। आज राति रियल मड्रिड, लिभरपुल, बायर्न म्युनिख, म्यानचेस्टर सिटी लगायतका भेट्रान क्लबहरुले प्रतिस्पर्धा गर्दैछन्।

आज राति समूह ‘ए’ को शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले दोस्रो स्थानको एथ्लेटिको मड्रिडको सामना गर्नेछ। समूह ‘डी’को लिभरपूल र दोस्रो स्थानको अजाक्स एकअर्काविरुद्ध मैदान उत्रनेछन्।

यसैगरी समूह ‘बी’ को मोन्छेनग्लाडबाखले चौथो स्थानको इन्टरमिलानसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘सी’अन्तर्गत पहिलो स्थानको मानचेस्टर सिटी र दोस्रो स्थानको पोर्टोबीच प्रतिस्पर्धा हुनेछ।

समूह ‘डी’ को तेस्रो स्थानको एटलान्टा र चौथो स्थानको मिट्जील्याण्ड पनि खेल्नेछन् । समूह ‘सी’ को क्रमशः तेस्रो र चौथो स्थानको ओलम्पिकोस र मार्सेल्ले पनि आमने सामने हुनेछन्।

यी सबै खेल आज राति पौने २ बजे सुरु हुनेछ। त्यसअघि राति ११ : ४० मा समूह ‘बी’ मा दोस्रो स्थानको रियल मड्रिडले तेस्रो स्थानको साख्तर डोनेस्कको सामना गर्नेछ। त्यही समयमा समूह ‘ए’ को लोकोमोटिभ मस्को र चौथो स्थानको आरबी लेइपजिगबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?