दार्चुला । डडेल्धुरामा निर्वाचित भएका एक वडा अध्यक्षले राजीनामा दिएका छन् ।
आलिताल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पुर्णबहादुर ऐरले सोमबार कार्यपालिका बैठकमा आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो ।
बैठकमा वडा अध्यक्ष ऐरको राजीनामा पत्र आएको भन्ने जानकारी पाएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताउनुभयो । उहाँले आफु बाहिर भएकाले राजीनामा पत्र हेर्न भने नपाएको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट निर्वाचित भएका वडाध्यक्ष पुर्णबहादुर ऐरले सहकर्मीहरुले असहयोग गर्दै आएका कारण आजित भएर राजीनामा दिएको बताउनुभयो ।
आफुलाई काम गर्ने सहज वातावरण नभएकाले राजीनामा दिनुपरेको उहाँको भनाई छ ।





प्रतिक्रिया