डिलाशैनीमा १० दिन लकडाउन, बैतडीमा संक्रमितको संख्या ५६८ पुग्यो

बैतडीको डिलाशैनी गाउँपालिकामा १० दिनका लागि लकडाउन गरिएको छ । मंगलबार गाउँपालिकाका थप ६ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले जानकारी दिनुभयो ।

गाउँपालिकामा अहिले १६ जना सक्रिय संक्रमित रहेकाले विपद् व्यवस्थापन समितिको निर्णय अनुसार लकडाउन गरिएको शाहले बताउनुभयो । लकडाउनको अवधिमा छोटो तथा लामोदुरीका सवारी साधन सञ्चालनमा रोक लगाइने छ भने गाउँपालिका र ७ ओटै वडा कार्यालयबाट प्रदान हुने आकस्मिक बाहेकका सबै सेवा बन्द हुने उहाँले बताउनुभयो ।

लकडाउन अवधिभर गाउँपालिकाभरीका विद्यालय बन्द रहनेछन् । भीडभाड हुने खालका सबै कार्यक्रमका रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।

लकडाउनको अवधिमा दैनिक उपभोग्य पसलहरु बिहान ८ बजेदेखि ९ बजेसम्म खुल्ला राख्ने, गाउँपालिकाभित्रका बैंक तथा बित्तीय संस्थाहरु हप्ताको ३ दिन आइतबार, मंगलबार र बिहीबार मात्रै खुला रहने बताइएको छ । यस्तै लकडाउनको अवधिमा स्वास्थ्य सेवा प्रदायक संस्थाहरु, एम्बुलेन्स लगायतका सेवा पनि सूचारु हुने जनाइएको छ ।

यसैबिच बैतडीमा आज थप १७ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा १६ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १ जनामा कोरोना पुष्टि भएको हो । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेनामा कार्यरत ४ जना, सशस्त्र प्रहरीमा कार्यरत २ जना, दशरथचन्द नगरपालिकाका ४ जना र डिलाशैनी गाउँपालिकाका ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

मंगलबार थप १७ जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा कोरोना संक्रमितको संख्या ५६८ पुगेको छ । ५ सय ६८ जना मध्ये ६८ जना सक्रिय संक्रमित रहेका छन् ।

सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ४६ जना सक्रिय संक्रमित रहेका छन् । डिलाशैनी गाउँपालिकामा १६ जना, पाटन नगरपालिकामा ३ जना, पुर्चौंडी नगरपालिकामा २ जना र सुर्नया गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?