भारत र अस्ट्रेलियाबिचको तेस्रो एक दिवसीय क्रिकेट आज

दार्चुला । अस्ट्रेलिया टूरमा रहेको भारतीय टिमले तीन मध्य दुई वटा एक दिवसीय क्रिकेट खेलिसकेको छ र दुवै खेल गुमाउँदै सिरिज हातबाट फुत्काइ सकेको छ ।

अब वुधबार अन्तिम एक दिवसीय खेल्ने छ । त्यसपछि टी २० र टेस्ट सिरिजमात्रै बाँकी छ । घरेलु टोली अस्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई दुई वटा एक दिवसीयमा पराजित गरेकाले अन्तिम एक दिवसीय पनि जित्दै सिरिज क्लिनस्वीप गर्ने दाउँमा हुँदा भारत भने सम्मानको लडाई भन्दै एक खेल जित्ने अभियानमा हुने छ ।

भारतले वुधबारको खेलमा केही परिवर्तन गर्ने सम्भावना भने रहेको छ । भारतीय बलरहरु लगातर असफल भइरहेका छन् । यस्तोमा मोहम्मद शमी र जसप्रित बुमराहमाथि प्रेसर रहेको छ । यस्तोमा एक खेलाडीलाई विश्राम दिने सम्भावना रहेको छ । त्यस्तै नवदीप सैनीको ठाउँमा शार्दुल ठाकुरले पनि स्थान बनाउन सक्छन् । टी नटराजन र कुलदीप यादव पनि खेल्ने सम्भावना उत्तिकै रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?