खुब रुनु छ….

आमा ! मलाई फेरि एकपटक
तिम्रो अंगालोमा बाँधिएर खुब रुनु छ
ताकी म पराइ घरका सारा
पीडाहरुलाई पखाल्न सकुँ ।

बाबा ! हजुरको काखमा
त्यसैगरी टाउको राखेर
अझै धेरै रुनु छ
ताकी म त्यो पराइ घरमा
पोख्न नसकेका वेदना हरु
एकैचोटि पोख्न सकुँ ।

दाइ ! तेरो पाखुरामा अडेस लागेर
धित मरुन्जेल रुनु छ मलाई
यसकारण कि त्यो घरमा
दाइको सट्टामा जेठाजू पाएको छु
तर यसरी सुखदुःखमा
अडेस लागेर रुन पाइन्न रैछ ।

प्रिय भाइबहिनीहरु हो ,
आज तिमीहरू मलाई खुब रुवाओ,
जसरी मैले तिमीहरूलाई
भनेको नमान्दा अनेकौं सजाय
दिएर रुवाउँथे नि,
हो त्यसरी नै आज तिमीहरू
मलाई पनि रुवाओ न है ?
किनकि मलाई तिमीहरूको
साथमा खुब रुनु छ ।

जब, जन्मघर छोडेर
पराइ घरमा पाइला टेक्न पुगे तब,
मलाई नयाँ जीवनको शुभकामना
दिनेहरू पनि श्रद्धाञ्जली दिन
आएको जस्तै लाग्यो
मैले मेरो सबथोक
जन्मघरमै छोडेर आएको थिएँ
र त जिन्दगीको साटो लास मात्रै थिएँ
जस्तो लाग्यो ।

आमा बुवाको सट्टा
सासू ससुरा पाएँ
दाइभाइको सट्टामा देवर जेठाजू पाएँ
दिदीबहिनीको सट्टा नन्द पाएँ
साथीहरूको सट्टामा जीवनसाथी पाएँ
तर मैले मेरो पीडा र वेदना पोख्ने
उचित स्थान कहिल्यै पाउन सकिन
त्यसैले मलाई आज
खुब रुनु छ …………

(लक्ष्मी खत्री, शैल्यशिखर नगरपालिका ३ दर्मा, दार्चुला)

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?