कक्षा १२ को नतिजा एक महिनाभित्रै प्रकाशित हुने

दार्चुला । कक्षा १२ को परीक्षाफल अबको एक महिनाभित्रै प्रकाशित हुने भएको छ ।

परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण सुरु भएको र महिना दिनभित्रै नतिजा आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डकाअनुसार विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र नतिजा प्रकाशित हुनेछ ।

बोर्डले एक हप्ताभित्र उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ । विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने भएकोले छिटो हुने बोर्डले जनाएको छ । यसपटक कोरोनाका कारण सबै विद्यार्थीलाई आफूले नै अध्ययन गरेको विद्यालयमा परीक्षा दिएका छन्।

यसैबीच, परीक्षा बोर्डले कोरोना भाइरसबाट प्रभावित भएर परीक्षा लिन नपाएका विद्यार्थीका लागि फेरि एक पटक अवसर दिने भएको छ । विद्यार्थीलाई पुनः परीक्षाको अवसर दिने र त्यसको सूचना केही दिनभित्रै प्रकाशित हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?