दार्चुला । बैतडीको एक प्रहरी चौकीमा झडप भएको छ ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ५ बलारामा रहेको प्रहरी चौकीमा झडप भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
स्थानीय युवाहरुको दुई समूहबिच प्रहरी चौकीमा झडप हुँदा पञ्चेश्वरका ३० बर्षीय लोकेन्द्र चन्द घाइते भएका छन् । घाइतेको बैतडीमा उपचार हुन नसक्दा धनगढीमा रहेका माया मेट्रो अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ।
घाइते चन्दको टाउको घाँटी, ढाडमा चोट रहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो ।
गणमेश्वर मन्दिरमा लागेको मेलामा महिला जिस्कायाएको निहुँमा दुई समूहबिच झडप भएपछि छलफलका लागि प्रहरी चौकीमा बोलाएका बेला पुनः झडप भएको बताईएको छ ।
चौकीमा झडप गर्नेमध्ये सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बैतडीले ६ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो । अघिल्लो दिन मेलामा झडप गरेका दुई समूहलाई छलफलका लागि चौकीमा बोलाएका बेला चौकीमै झडप भएको बुझिएको बताईएको छ ।
घटनाको बिषयमा अनुसन्धान भइरहेको र दोषीमाथि कानुन अनुसार कारवाही हुने प्रहरी नायव उपरीक्षक अधिकारीको भनाई छ । झडपका क्रममा प्रहरी चौकीमा पनि तोडफोड भएको र सामान्य क्षती भएको छ ।





प्रतिक्रिया