अस्ट्रेलियासँगको तेस्रो एकदिवसीय क्रिकेटमा भारत विजयी

दार्चुला । अस्ट्रेलियासँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारत १३ रनले विजयी भएको छ ।

भारतले दिएको तीन सय तीन रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया तीन बल बाँकी छँदै दुई सय ८९ रनमा अलआउट भयो ।

अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले ७५ र ग्लेन म्याक्सवेलले ५९ रन बनाए पनि जितको लागि पर्याप्त भएन । उसका मार्नुस लबुसचेज र स्टिभ स्मिथ समान सातरसात रनमा आउट भए भने मोसिस हेनरिक २२, क्यामरुन ग्रिक २१, एलेक्स केइरी ३८ र अस्टन अगर २८ रनमा आउट भए । भारतका शार्दुल ठाकुरले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा पाँच विकेट गुमाएर तीन सय दुई रन बनाएको थियो । खराब अवस्थामा पुगेको भारतलाई हार्दिक पाण्डेयाले ९२ र रविन्द्र जडेजाले ६६ रन बनाएर उकासेका थिए । यस्तै कप्तान विराट कोहलीले ६३ र शुभमन गिलले ३३ रन बनाए । तीन खेलको शृङ्खला अस्ट्रेलियाले यसअघि नै जितिसकेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?