पुर्चौडीमा २५८ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा समाबेश

बैतडीको पुर्चौडी नगरपालिकाले चालु आर्थिक बर्ष २०७७÷०७८ मा नगरपालिका भरिका दुई सय ५८ जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समाबेश गरेको छ ।

नगरपालिकाभरिका बेरोजगार सूचीमा सूचिकृत दुई हजार १० जना मध्ये छनोट भएका दुई सय ५८ जनालाई रोजगारी प्रदान गरिने भएको हो । नगर प्रमुख रणबहादुर कुवँरको अध्यक्षतामा बसेको प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनको लागि पुर्चौडी नगरपालिकाका अन्तरगत रहेको निर्देशक समितिको बैठकले नगरपालिकामा युवा रोजगार कार्यक्रमको लागि रुपान्तरण आयोजनामा एक सय जना विपन्न गरिबको सूचीमा सूचीकृत बेरोजगार नागरिकलाई वडाको बेरोजगार प्राथमिकता क्रम अनुसार रोजगारी दिनको लागि प्रतेक वडामा एक÷एक योजना सञ्चालन गर्ने निर्णय गरेको छ ।

कामका लागि पारिश्रमिकमा आधारीत सामुदायिक आयोजना सञ्चालनको लागि नगरपालिका भरिका बेरोजगार सूचीकृत दुई हजार १० जना मध्ये दुई सय ५८ जनालाई रोजगारी दिने गरी कम्तीमा प्रतेक वडामा एक एक योजना कार्यान्वयन गरिने भएको छ ।

त्यस्तै निर्माण र मर्मत तर्फ बाटो निर्माण, खेल मैदान निर्माण, घेर प्रखाल निर्माण र योजनाको लागत १०० प्रतिशत ज्यालामा मात्रै खर्च गर्ने गरि गृहकार्य थालिएको छ । नगरपालिकाका १० वटै वडामा समानुपातिक तरिकाले १० –१० जना बेरोजगारलाई युवा रोजगारीका लागी रुपान्तरण पहल योजना कार्यविधि २०७६ अनुसार कामका खटाउने निर्णय गरिएको छ ।

नगर सभाबाट चालु आर्थिक वर्षमा स्वीकृत भएका ७६ वटा योजनाहरुमा पिसिसि बाटो भन्ने शब्द हटाएर बाटो शब्द मात्रै राख्न नगरकार्यपालिकाबाट निर्णय गराएर स्वीकृत गराउने निर्णय भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?