दार्चुला । व्यास गाउँपालिका र दुहुँ गाउँपालिकाका अधिकासं वडा जोड्ने तिमुरपाटा तोसाराडी, बानानी हुदै बसेडी, धौलाकोट, डोकट, मडगाउँदेखि व्यास गाउँपालिकाको वडा नम्बर २ को माल जोड्ने सडक निर्माण कार्य अलपत्र परेको छ ।
व्यास क्षेत्रका जनतालाई यातायातसंग जोड्न तत्कालिन जिल्ला विकास समितिबाट जिल्ला सडक सञ्जालमा पास भइ प्रदेश सरकारबाट निर्माण गर्नुपर्ने तिमुरपाटा, तोसाराडी, बानानी हुदै बसेडी, धौलाकोट, डोकट, मडगाउँ हुदै वडा नम्बर २ को माल जोड्ने सडक जग्गा विवादका कारण अलपत्र परेको हो ।
व्यास गाउँपालिकाले डिपिआर तयार गरिसकेको र प्रदेश सरकारले निर्माणको जिम्मा पाएको उक्त सडकमा हाल आएर ठेक्का भइसक्दा समेत निर्माण कार्य शुरु नभएकोले तत्काल सडक निर्माणको काम अघि बढाउन दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य गेल्बुसिह बोहरामार्फत सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई व्यास गाउँपालिकाले ज्ञापन पत्र बुझाएको छ ।
भारतद्धारा अतिक्रमित कालापानी लिपुलेक र लिम्पियाधुरा क्षेत्र जोड्ने सबभन्दा छोटो दुरीको यो सडक निर्माण भए राष्ट्यिता र सीमा सुरक्षाका दृष्टिकोणले समेत महत्त राख्ने भएकोले सडकलाई प्राथमिकतामा साथ निर्माण गर्न पहल गरिदिनका लागि मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र बुझाइएको व्यास गाउँपालिका उपाध्यक्ष हेमा भट्ट जोशीले बताउनुभयो ।
ज्ञापन पत्रमार्फत सडक निर्माण कार्यमा प्रदेश सरकारले देखाएको ढिलासुस्तीप्रति खेद प्रकट गर्दै दुहुँ गाउँपालिकाका जनप्रतिनिधि र जिल्ला समन्वय समितिमार्फत त्यस क्षेत्रका जग्गाधनीहरुसंग आवश्यक समन्वय गरी विवाद समाधान गर्ने वा त्यो सम्भव नभए श्रीबगड देखि महाकाली किनार हुदै कालागाड भएर निर्माण गर्नका लागि उक्त सडकलाई प्रदेश गौरबको सडकभित्र राख्नुपर्ने र निर्माणकार्यका लागि यथेष्ठ बजेटको व्यवस्था गरी यथासिघ्र निर्माण शुरु गर्न माग गरिएको उपाध्यक्ष भट्टले बताउनुभयो ।
व्यास गाउँपालिकाले बुझाएको ज्ञापन पत्र, उपस्थिति र गरेका निर्णयहरु :-









प्रतिक्रिया