दार्चुला । अस्ट्रेलियासँगको पहिलो टी–२० क्रिकेटमा भारत ११ रनले विजयी भएको छ ।
एक सय ६२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५० रनमात्र बनाउन सक्यो । उसका लागि एरोन फिन्चले ३५, मोइसिस हेनरीक्विसले ३० र डार्सी शर्टले ३४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
बलिङतर्फ भारतका लागि युजवेन्द्र चाहल र नटराजनले तीन–तीन विकेट लिए भने दीपक चाहरले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६१ रन बनाएको थियो । उसका लागि केएल राहुलले ५१, रविन्द्र जडेजाले ४४ र सन्जु सामसनले २३ रन बनाए ।
जितसँगै तीन खेलको शृङ्खलामा भारत एक–शून्यले अघि भएको छ ।





प्रतिक्रिया