गौतमबुद्ध कप क्रिकेट मंसिर २७ देखि ३० गतेसम्म संचालन हुने

दार्चुला । नेपाली राष्ट्रिय टिममा रहेका खेलाडीको सहभागिता रहने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता मंसिर अन्तिम साता आयोजना हुने भएको छ ।

बागमती प्रदेश क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता मंसिर २७ देखि ३० गतेसम्म संचालन हुनेछ ।

आयोजक प्रदेश संघले शनिबार एक विज्ञप्ति निकाल्दै कोरोना भाईरसको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।

प्रतियोगिता चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुनेछ ।

प्रतियोगितामा तीन टिम हुनेछ । र, राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडी र अन्य घरेलु क्रिकेटका खेलाडीलाई समेटेर टिम बनाईनेछ ।

आयोजकले प्रतियोगिता टी(ट्वान्टी र एकदिवसीय फर्म्याटमध्ये एक हुने जनाएको छ ।

चितवन जिल्ला क्रिकेट संघसँगको सहकार्य हुने प्रतियोगिताको व्यवस्थापन क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले गर्नेछ ।

यस्तै प्रतियोगिताको लागि बागमती प्रदेश र भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?