डोटीमा कामका लागि भारत हिँडेका व्यक्ति जंगलमा मृत फेला

डोटीको पूर्वीचौकी गाउँपालिका–७ गोजेडाको जङ्गलमा ४० वर्षीय देवबहादुर साउद मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार गएको १२ गते कामका लागि भारत जाने भन्दै साउद घरबाट हिँडेका थिए। आज कुहिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा पठाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीले साउदको मृत्युबारे छानबिन सुरु गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?