चार बुदे सहमतिपछि लेकम गाउँपालिकामा लगाईएको ताला खुल्यो

दार्चुला । लेकम गाउँपालिकामा लगाईएको तालाबन्दी चार बुदे सहमतिपछि खुलेको छ ।

लेकम गाउँपालिका वडा नम्बर ४ खरकडाबासी जनताले लेकम गाउँपालिका वडा नम्बर ४ को कार्यालय, गाउँपालिका कार्यालय र गल्लाकेदार माबि खरकडामा विभिन्न माग राख्दै तालाबन्दी गरेका थिए ।

पाती देखि खरकडासम्म लाइन विस्तार गर्नका लागि आएका विद्युतको मेन लाइनका पोलहरु टकनामा रोकिएको, खरकडाबासीले विद्युत, सञ्चार, खानेपानी लगायतबाट बञ्चीत हुनुपरको, क्वारेन्टाइन व्यवस्थापनका लागि केहि महिना पहिले देखि गल्लाकेदार माबि खरकडामा अस्थाई प्रहरी पोष्ट राखिएकोले विद्यालय सञ्चालनमा असहज भएको भन्दै प्रहरी पोष्ट हटाईनुपर्ने लगायतका विभिन्न माग राख्दै आज बिहान १० बजे वडा कार्यालय र दिउँसो १ बजे गाउँपालिका कार्यालयमा तालाबन्दी गरेकोमा गाउँपालिका र स्थानीय संघर्ष समिति बिच सहमती भएपछि गाउँपालिकामा लगाईएको तालाबन्दी खोलिएको हो ।

गाउँपालिका र स्थानीय संघर्ष समिति बिच गाउँपालिकाको वडा नम्बर ४ टकनामा राखिएका विजुलीका पोलहरु सम्झौता भएको मितिले १६ दिन भित्र गाउँपालिकाको वडा नम्बर ४ खरकडासम्म ल्याएर लाईन विस्तार गर्ने, गाउँपालिकाको तितेकाडा टावरमा ५ दिन भित्र ब्याट्रि जडान गरि नियमित नेटर्वक सञ्चालन गर्ने, गल्ला केदार मावि मा रहेको अस्थाई प्रहरी पोष्ट आजकै दिनबाट गाउँपालिका कार्यालयमा सार्ने र सधै प्रहरी बसाल्ने गरि प्रहरीको लागी बस्ने ब्यवस्था मिलाईने सहमती पछि गाउँपालिकामा लगाईएको ताला खुलेको हो ।

यस्तै गाउँपालिकाको गल्लाकेदार मावि का शिक्षक मदन राज पन्तलाई लटिनाथ आवि मानबिसामा काज पठाउन गाउँपालिकाको शिक्षा शाखालाई निर्देशन दिने सहमती पछि गाउँपालिकामा लगाईएको ताला खोलिएको गाउँपालिकाअध्यक्ष परमानन्द जोशीले जानकारी दिनुभयो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?