दार्चुलामा ट्रक दुर्घटना हुदा चालकसहित तीन जनाको मृत्यु

दार्चुला । दार्चुलामा आईतबार राती ट्रक दुर्घटनामा परेको छ ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर बाट दार्चुला सदरमुकाम खलंगा तर्फ जादै गरेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भर्तोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी पुष्कर सिंह ऐरीले जानकारी दिनुभयो ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीका न्वाली घर भएका चालक २४ वर्षीय शेर सिह कार्कीको परीचय खुलेको छ, भने  दुई जनाको परिचय खुल्न  बाकि रहेको उहाँले बताउनुभयो ।

आईतबार राती १० बजे ट्रक दुर्घटनामा परेको खबर प्रहरीलाई आएपछि धाप प्रहरी चौकी र दत्तु प्रहरी चौकीलाई दुर्घटना स्थलमा परिचालन गरिएको थियो ।

प्रहरीले राती साढे १२ बजे तिर ट्रक खोल्सामा खसेको र तीन जनाको मृत्यु भइसकेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । ट्रक सडकबाट झण्डै १ सय २० मिटर तल खसेको उहाँले बताउनुयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?