प्याजका बोट नपाएपछि खेत बाझैँ, किसान चिन्तित

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ पिड अम्कुर पुनाकोटका बल्देब बोहराले चार किलो बिउँ छरेर झण्डै दुई लाख प्याजका बोट तयार गरेपनि माग बढेपछि बोट सकिएर ग्राहकहरुलाई रित्तोहात फर्काउनु परेको छ ।

बिगतदेखि नै प्याजका बोट उत्पादन गरेर बिक्रि गर्दै आउनुभएका बोहराले यो वर्ष बिगतकै हाराहारीमा बोट उत्पादन गरेपनि यो वर्ष माग बढी आएको बताउनुभयो । गत वर्षसम्म अरु किसानहरुले समेत बोट उत्पादन गरेर यो वर्षको जती माग हुने गरेको थिएन, यो वर्ष धेरै कृषकले बोट नउमारेको तथा धेरैले बिउँ छरेपनि उत्पादन राम्रो नभएकोले प्याजका बोटको अत्यधिक माग बढेको छ । ३० रुपैँया सयखडो अर्थात ३० रुपैँयामा एक सय प्याजका बोट बिक्रि गर्नुभएका कृषक बोहराले बोट सकिएपछि ग्राहकलाई रित्तोहात फर्काउनुपर्ने बाध्यता सिर्जना भएको जानकारी दिनुभयो ।

नयाँ बोट उत्पादन गर्नका लागि बजारमा बिउँ नै नपाएको उहाँको गुनासो छ । लेकम क्षेत्रमा नमुना कृषकको पहिचान बनाउन सफल बोहराले झण्डै १० रोपनी खेतमा तरकारी खेती गर्दै आउनु भएको छ । यो वर्ष अढाइ रोपनी जमिनमा प्याजका बोट मात्रै रोप्नुभएको छ । अरु जमिनमा बन्दा, काउली, लगायत तरकारी फलाउनुभएको छ ।

तरकारीका साथै फलफुलका बोटहरु समेत उत्पादन गरेर बिक्रि गरिरहेको उहाँले बताउनुभयो । ओखर, सुन्तला, कागजी, मौसमी लगायत बिभिन्न फलफुलका बोट उत्पादन गर्नुभएका उहाँले ५०० भन्दा बढी बोट अलैँची समेत रोप्नुभएको छ । तरकारी र फलफुलका बोट बिक्रि तथा तरकारी उत्पादनबाट वार्षिक चार लाख बढी आम्दानी हुने गरेको मेहनती कृषक बोहराले बताउनुभयो ।

गत वर्षसम्म ग्राहकलाई प्रयाप्त बोट बिक्रि गरेर बचत भएको बोट आफ्नो बारीमा रोप्दै आएका कृषक बोहराले यो बर्षभने ग्राहकहरुलाई रित्तोहात फर्काउनुपर्ने बाध्यता सिर्जना भएपछि खल्लो लागेको बताउनुभएको छ । उहाँको गाउँमा झण्डै २० परिवारले पछिल्लो समय व्यवसायिक तरकारी खेती गर्दै आएका छन् । अरु कृषकले समेत प्याजको बिउँ छरेको भएपनि अरुको बारीमा प्रयाप्त उत्पादन नहुदा यो बर्ष माग बढेको उहाँको भनाई छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?