दार्चुला । शैल्यशिखर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शक्ति प्रदर्शन गरेको छ । नगरपालिकाले चरम अनियमितता र गलत काम गरिरहेको भन्दै बजार परिक्रमा, नाराबाजी, कोणसभादेखि नगरपालिका कार्यालय घेराउ लगायत विभिन्न कार्यक्रम भइरहेको अनेरास्ववियु दार्चुलाका नेता राजेशसिंह बिष्टले बताउनुभयो ।

नगरपालिकाको बिरोध प्रदर्शन कार्यक्रममा नेकपा सुदूरपश्चिम प्रदेश कमिटि सदस्य लाल बहादुर बिक, नगरसंयोजक बिजयसिंह धामी, अनेरास्ववियु केन्द्रिय कमिटि सदस्य अशोकसिंह धामी, अनेरास्ववियु नेता राजेश बिष्ट लगायत नेकपा नेता, कार्यकर्ता र ठूलो संख्यामा शुभचिन्तकहरुको सहभागिता रहेको बताइएको छ ।

गत बुधबार संघर्ष समिति गठन गरेर २४ घण्टाभित्र विभिन्न माग सम्बोधन गर्न अल्टिमेटमसहित ध्यानआकर्षण पत्र पेश गरिएपनि सुनुवाई नभएको भन्दै शुक्रबार तालाबन्दी गरिएको थियो । शुक्रबार दिउँसो गरिएको तालाबन्दी प्रशासनको रहोबरमा खोलिएपछि सोहि दिन दोस्रो पटक संघर्ष समितिले अनिश्चितकालिन तालाबन्दी गरेको जनाएको थियो ।

शुक्रबार लागेको ताला सेवाग्राहीले आइतबार खोलेको नगरपालिकाले जनाएको छ । संघर्षरत पक्षले भने नेपाली काग्रेशका कार्यकर्ता परिचालन गरेर ताला तोड्ने काम भएकोले थप बिरोध प्रदर्शन गर्नुपरेको जनाएको छ । शैल्यशिखरबासी जनताको न्याय सुनिश्चितताका लागि निरन्तर खबरदारी गर्ने योजना नेकपाले बनाएको नेताहरुले बताएका छन् ।

नेकपाले शैल्यशिखर नगरपालिका अन्तरगतका विभिन्न वडाहरुमा गत वर्ष सम्झौता भइ काम सम्पन्न गरिसक्दापनि गत असार मसान्तभित्रै भुक्तानी गरिसक्नुपर्ने रकम हालसम्म भुक्तानी नगरेको, करारमा कार्यरत कर्मचारीको तलबभत्ता नदिएको र प्रदेश सरकारबाट विद्यालय सहयोगीहरुलाई प्रदान गरिएको पोषाक भत्ता समेत नदिएको, कोरोना लगायत विभिन्न बाहानामा अनियमितता भएको लगायत मागहरु राख्दै नगरपालिकामा चरम अनियमितता भएको भन्दै आन्दोलन थालेको छ ।

नगरपालिकाले भने कोरोना व्यवस्थापनमा मात्रै गत वर्ष तीन करोड बढी बजेट खर्च भएकोले योजनाको भुक्तानी लगायतको काममा ढिलाइ भएको र भुक्तानी लगायत समस्या समाधानका लागि तयारी भइरहेको जनाएको छ । संघर्षका नाममा राजनीतिक गुटबन्दी भइरहेको नगरपालिका स्रोतको दाबी छ ।

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?