दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमै कुल योजनाको झण्डै ३० प्रतिषत योजना सम्पन्न गरिसकेको जनाएको छ ।

मार्मा गाउँपालिकाको चालु आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममा बस्तुस्थिति बिवरण प्रस्तुत गर्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत रामकुमार रानाले चालु आर्थिक वर्षमा विनियोजन भएका कुल १४५ योजना मध्ये ४५ योजनाको निर्माण कार्य सम्पन्न भइसकेको छ । निर्माण सम्पन्न भएका १२ योजनाको भुक्तानी समेत भइसकेको उहाँले बताउनुभयो ।

६७ योजनाको सम्झौता भएकोमा ४५ योजना सम्पन्न भएर १२ योजनाको भुक्तानी समेत भइसकेको छ, निमित्त प्रमुख प्रशासकिय अधिकृत रानाले भन्नुभयो, निर्माण सम्पन्न भएका सबै योजनाहरु भुक्तानी प्रकृयामा रहेकोले केहि समयभित्रै काम सकेका उपभोक्ता समितिले भुक्तानी पाइसक्ने छन् ।

गाउँपालिकाभरीमा सामाजिक सुरक्षा भत्ता बुझुने जेष्ठ नागरिक, दलित, अपांग, एकल तथा विधवा महिला, बाल संरक्षण अनुदान गरी कुल एक हजार एक सय ६४ जनालाई पहिलो चौमासिकमा एक करोड एक लाख ७९ हजार ६ सय रुपैँया भत्ता बैंकमार्फत बितरण गरिएको पाइएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा गाउँपालिकाभरीमा एक सय ६९ जनाको जन्मदर्ता, १४ जनाको मृत्युदर्ता, ३० जोडिको बिबाहदर्ता, १५ जनाको बसाइसराई गरेका छन् ।

चार महिनाको अवधिमा ९ लाख, ५२ हजार, ४०७ रुपैँया राजश्व संकलन भएको मार्मा गाउँपालिकाका सूचना अधिकारी बाशुदेब सिंह महरले जानकारी दिनुभयो ।

मार्मा गाउँपालिकाले हालसम्म झण्डै तीन दर्जन ऐन, नियम, कार्यविधि र नियमावली पारित गरेको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनुभयो ।

मार्मा गाउँपालिकामा चालु आर्थिक वर्षमा १४५ योजना तथा कार्यक्रम कार्यान्वयन भइरहेका छन् । आर्थिक विकासको क्षेत्रमा ३९ लाख २५ हजार बजेटमा ८ योजना विनियोजन गरिएको छ । पुर्वाधार विकासको क्षेत्रमा तीन करोड ११ लाख ५० हजार बजेटमा एक सय १७ योजना विनियोजन गरिएको छ ।

सामाजिक विकासको क्षेत्रमा ४० लाख बजेटमा पाँच योजना विनियोजन गरिएको छ । यस्तै वातावरण तथा प्रकोप व्यवस्थापनको क्षेत्रमा एक करोड ४० लाख ८० हजार बजेटमा पाँच योजना र संस्थागत विकास तथा सेवा प्रवाह र सूशासनको क्षेत्रमा ३० लाख बजेटमा सात वटा योजना विनियोजन गरिएको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।

No description available.

मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीको अध्यक्षतामा सञ्चालन भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामकुमार राना जवाफदेहिबक्ता रहनुभएको थियो । दार्चुला विकास संगठनद्धारा सञ्चालित सारथी एफ.एमले सहजिकरण गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष जमनसिंह धामी, गाउँपालिका उपाध्यक्ष बागमती ठगुन्ना, निमित्त प्रमुख प्रशासकिय अधिकृत रामकुमार राना, वडा नम्बर ५ बाहेक पाँच वटा वडाका वडाअध्यक्ष, विषयगत शाखा प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधि, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागिमध्ये ९ जनाले विभिन्न सुझाब, प्रश्न र गुनासो राखेकोमा गाउँपालिका गाउँपालिका अध्यक्ष जमनसिंह धामीले जवाफ दिनुभएको मार्माबाट रेडियो लोकदर्पणका कार्यक्रम प्रमुख नरेन्द्रप्रसाद जोशीले खबर पठाउनुभएको छ ।

No description available.

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?