गराडीमा खानेपानी योजनाका पाइप चोरी

दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ५ मैखोलीबाट वडा नम्बर १ बित्थड लगिएको सिराड खानेपानी योजनाका पाइप गराडी क्षेत्रमा चोरी भएको छ । ४० एमएम आकारको मेन लाइनको झण्डै एक किलोमिटर पाइप लेकम गाउँपालिका वडा नम्बर २ गराडी क्षेत्रमा चोरी भएको खानेपानी उपभोक्ता समिति अध्यक्ष गणेशसिंह बिष्टले गुनासो गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाको पहलमा संघीय सरकारबाट २०७३ सालदेखि क्रमागत रुपमा निर्माण भइरहेको खानेपानी योजनाको माटोभित्र दाबीएको पाइप माटो उखेलेर (खोदान खनेर) चोरी गरिएको बिष्टको भनाई छ । विगतमा खानेपानी लाइन र टंकी निर्माण गरिएको उक्त योजनामा यो वर्ष धारा निर्माणको काम गर्ने तयारी भइरहेको छ ।

विगतमा संघीय सरकारबाट बजेट प्राप्त भएकोमा चालु आर्थिक वर्षमा प्रदेश सरकार अन्तरगत राखिएको उपभोक्ता समिति अध्यक्ष बिष्टले बताउनुभयो । अध्यक्ष बिष्टले, चोरी गरिएको पाइप तत्काल फिर्ता नगरे प्रहरी, प्रशासन परिचालन गरेर खोजि गरीने र चोरीमा संलग्नलाई कडा कारवाही गर्न उपभोक्ताहरु बाध्य हुने भएकोले तत्काल पाइप फिर्ता गर्न अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?