बझाङमा बसको ठक्करबाट बालिकाको मृत्यु

दार्चुला । बसको ठक्करबाट बझाङमा एक बालिकाको ज्यान गएको छ ।

बित्थडचिर गाउँपालिका वडा नम्बर ९ सुनकुडाकी २ वर्षीया बालिका दिपिका बिष्टको बसको ठक्करबाट ज्यान गएको हो ।

बझाङबाट महेन्द्रनगर जादैं गरेको ना ६ ख १७९५ नम्बरको बसले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ ।घाइते भएकी बालिकाको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालक दिपक बोहोरालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?