बैतडीमा आज थप २ जनामा कोरोना पुष्टि

दार्चुला । बैतडीमा शुक्रबार (आज) थप दुई जनामा कोरोना पुष्टि भएको छ ।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेनाका एक जना पुरुष र जिल्लाको दोगडाकेदार गाउँपालिकाका वडा नम्बर ६ का एक पुरुष गरि थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड -१९ सम्पर्क व्यक्ति भुवनप्रशाद जोशीले जानकारि दिनुभयो ।

आज थप दुई जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा कोरोना संक्रमितको सङख्या पाँच सय ८५ पुगेको छ । ,

यस्तै जिल्लामा आज ३ जना कोरोना संक्रमण मुक्त भएका छन ।दशरथचन्द नगरपालिकाका थप तिन जना कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

अब जिल्लामा कोरोनाका ६२ जना सक्रिय संक्रमित रहेका छन । दशरथचन्द नगरपालिकामा ३८ , डीलाशैनि गाउँपालिकामा १७ जना , पाटनमा नगरपालिकामा एक जना, पुर्चौडी नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकामा दुई-दुई जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय बैतडीका कोरोना भाईरस कोभिड -१९ सम्पर्क ब्यक्ति जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?