दार्चुला । नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रियतर्फको उपाधि जित्न सफल भएका छन् ।

पुरुष एकलतर्फ शुक्रबार भएको फाइनलमा दार्चुला घर भएका प्रिन्सले विभागीय टिम त्रिभुवन आर्मीका नविन श्रेष्ठलाई पराजित गरेका हुन् ।

प्रिन्सले २१–१४ र २१–१० को सहज सेटमा नतिजा आफ्नो पक्षमा पारेका हुन् ।

जितसँगै राष्ट्रिय पुरुष एकल तर्फको बिजेता बनेका प्रिन्सले नगद एक लाख ११ हजार एक सय ११ रुपैया पुरस्कार प्राप्त गरेका छन् । उपविजेता श्रेष्ठले नगद ५५ हजार पाँच सय ५५ रुपैया पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?