दार्चुला । नेपाली क्रिकेट टिमका खेलाडी पारस खड्कालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा उहाँले यसबारेमा जानकारी दिनुभएको हो ।
केही लक्षण देखिएपछि दुई दिनदेखि आफू आइसोलेशनमा बसेको र स्वाद, गन्ध थाहा नपाएपछि कोरोना परीक्षण गर्दा शुक्रबार बिहान रिपोर्ट पोजेटिभ आएको खड्काले बताउनुभयो । स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्दै होम आइसोलेशनमा बसेको उहाँले ट्वीटमा लेख्नुभएको छ।
Having got mild symptoms,i isolated myself from the team over last two days and as i lost my smell and taste since yesterday evening,
i conducted my PCR test this morning and the report has come out as Covid-19 positive.
I am currently under home isolation and will be following— Paras Khadka (@paras77) December 11, 2020
साथै उहाँले भोलिदेखि चितवनमा सुरु हुन लागेको गौतम बुद्ध कपको खेल गुमाउनुपरेको भन्दै दुःख व्यक्त गर्नुभएको छ।





प्रतिक्रिया