खलंगा पुल एक घण्टा खोल्दा दुई सय बढीले गरे आवतजावत

दार्चुला । दार्चुला सदरमुकाम खंलगा स्थित नेपाल भारत जोड्ने सीमा पुल एक घण्टाका लागी खुल्दा दुई सय बढीले आवतजावत गरेका छन ।

महाकाली नगरपालिकाबाट भारतको धारचुला विहे पठाउने उद्धेश्यले खोलिएको सीमा पुलमा दुई सय १४ जनाले आवतजावत गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी पुष्कर सिह एरीले बताउनुभयो ।

शुक्रबार अपरान्ह ४ बजे देखि करिब ५ बजे सम्म सीमा पुल खोलिएको थियो । सीमा नाका खुलेको करिब एक घण्टाको अवधिमा भारतबाट १६ महिला र ४५ पुरुष गरि ६१ जनाले नेपाल प्रवेश गरेका छन् । त्यस्तै १४ महिला र एक सय ३९ जना पुरुष गरी एक सय ५३ जनाले भारत प्रवेश गरेको उहाँले बताउनुभयो ।

कोरोना भाइरस कोभिड १९ को जोखिम नियन्त्रण गर्ने उद्धेश्यले गत चैत महिना देखि अन्तराष्ट्यि सीमा नाका बन्द रहेका छन । बेलाबेला अत्यावश्यक कामका लागि भनेर खोलिने सीमा पुलबाट सयौँ स्थानीयले आवतजावत गर्ने गरेका छन् । हालसम्म दश हजार बढीले सीमा पुलबाट आवतजावत गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?