दार्चुला । निर्वाचन क्षेत्र पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत दार्चुला जिल्लामा प्रदेश र संघीय सरकारबाट प्राप्त १० करोड बजेट विनियोजन गरिएको छ ।
प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाको संयोजकत्वमा रहेको पुर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिले स्वास्थ्य क्षेत्रको सुधार र स्तरोन्नतीलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको हो ।
दार्चुलाबाट प्रतिनिधिसभामा प्रतक्ष निर्वाचित सासंद गणेशसिंह ठगुन्ना संयोजक रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ पुर्वाधार विकास कार्यक्रममा चार करोड बजेटमा २९ योजना, प्रदेश सभा क्षेत्र नम्बर १ (क) पुर्वाधार विकास कार्यक्रम अन्तरगत प्रदेश सभा सदस्य गेल्बुसिंह बोहरा संयोजक रहेको समितिले तीन करोड बजेटमा २९ योजना र प्रदेश सभा क्षेत्र नम्बर १ (ख) पुर्वाधार विकास कार्यक्रम अन्तरगत प्रदेश सभा सदस्य मानबहादुर धामी संयोजक रहेको समितिले तीन करोड बजेटमा २७ योजनामा बजेट विनियोजन गरिएको सासंदहरुले बताएका छन् ।
प्रदेश अन्तरगत तीन/तीन करोड गरी दुबै क्षेत्रमा छ करोड र प्रतिनिधिसभा अन्तरगत चार करोड गरी कुल १० करोडमा दार्चुला जिल्लाभरी ८५ योजना तथा कार्यक्रममा बजेट विनियोजन गरिएको छ ।
सासंदहरुले कोरोना भाइरस (कोभिड १९) तथा अन्य संक्रामक रोग पहिचान, रोकथाम, नियन्त्रण, उपचार र अन्य उपकरण व्यवस्थापन तथा पुर्वाधार निर्माण शिर्षकमा सबैभन्दा बढी बजेट विनियोजन गरेका छन् । दार्चुला सदरमुकाम खलंगास्थित जिल्ला अस्पतालको विकास र स्तरोन्नतीका लागि प्रतिनिधिसभा क्षेत्रबाट एक करोड ३० लाख र प्रदेशसभा क क्षेत्रबाट ५० लाख गरी कुल एक करोड ८० लाख बजेट विनियोजन गरिएको प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले जानकारी दिनुभयो ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा रहेको गोकुलेश्वर अस्पतालमा उपकरण व्यवस्थित गर्न प्रतिनिधिसभा क्षेत्रबाट २० लाख र कोरोना भाइरस (कोभिड १९) तथा अन्य संक्रामक रोग पहिचान, रोकथाम, नियन्त्रण, उपचार र अन्य उपकरण व्यवस्थापन तथा पुर्वाधार निर्माण शिर्षकमा प्रदेशसभा ख क्षेत्रबाट ४० लाख गरी ६० लाख बजेट विनियोजन गरिएको छ ।
गोकुलेश्वर र खलंगा अस्पतालका लागि मात्रै दुई करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।
प्रतिनिधिसभा क्षेत्रको बजेट तथा योजना कार्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस
प्रदेश सभा क क्षेत्रको बजेट तथा योजना कार्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस
प्रदेश सभा ख क्षेत्रको बजेट तथा योजना कार्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस











प्रतिक्रिया