नौगाडमा प्रधानमन्त्री रोजगार तथा बेरोजगारसंग गाउँपालिका अध्यक्ष कार्यक्रम

दार्चुला । नौगाड गाउँपालिकामा प्रधानमन्त्री रोजगार तथा बेरोजगारसंग गाउँपालिका अध्यक्ष कार्यक्रम कार्यान्वयन सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीको अध्यक्षतामा सञ्चालित उक्त अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष गौरी देवी ठगुन्ना, गाउँपालिका अन्तरगतका सबै वडाका वडाअध्यक्षहरु, गाउँकार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत प्रितम सिंह ठगुन्ना, प्रशासन शाखा प्रमुख कृष्ण बहादुर बोहरा, रोजगार सयोजक रविन्द्र शाह, विपद व्यवस्थापन अधिकृत कृष्ण सिंह ठगुन्ना, योजना शाखा प्रमुख नरेन्द्र प्रसाद ठगुन्ना र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

नौगाड गाउँकार्यपालिकाको कार्यालय तथा रोजगार सेवा केन्द्रको कार्यालय होपरीगाडमा आयोजित अन्तरक्रिया कार्यक्रममा बेरोजगार छनोट कसरी गर्ने भन्ने विषयमा सुझाब संकलन गर्नुका साथै स्वरोजगार कार्यविधि सम्बन्धि छलफल भएको रेडियो लोकदर्पणका नौगाड सम्बाददाता प्रकाशसिंह धामीले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका बेरोजगार युवाहरुलाई स्वरोजगार मुलक काम र काममा आधारीत पारिश्रमिक दिने सम्बन्धि छलफल गर्नुका साथै सुझाब संकलन गरिएको गाउँपालिकाले जनाएको छ ।

नौगाडमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा एक करोड २१ लाख ५० हजार, युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा ५१ लाख ७० हजार र बेरोजगारसंग गाउँपालिका अध्यक्ष कार्यक्रम अन्तरगत ३१ लाख ३० हजार गरी जम्मा दुई करोड चार लाख ५० हजार बजेट रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?