नेकपा दार्चुलाका युवा नेता भन्छन : पार्टी क्रियाशिल र एकजुट बनाऔँ

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी दार्चुला (नेकपा) का युवा नेताहरुले पार्टी एकजुट, क्रियाशिल र जनप्रिय बनाउन जिल्ला कमिटिसंग लिखित माग गरेका छन् ।

नेकपा जिल्ला कमिटि दार्चुलाका सदस्य राजेन्द्र सिंह बोहराको नेतृत्वमा युवा नेताहरुले जिल्ला कमिटि सचिब उदय सिंह बडाललाई अनुरोध पत्र बुझाउदै केन्द्रिय राजनीति जस्तोसुकै भएपनि दार्चुलामा पार्टी एकजुट र क्रियाशिल रहेको सन्देश दिन सोहि अनुरुप गतिविधि गर्न माग गरेका छन् ।

नेता तथा कार्यकर्तालाई क्षमताको आधारमा पार्टीको काम तथा जिम्मेवारी दिएर जनताको माझमा पठाउन युवाहरुको माग छ ।

युवा नेताहरुले जिल्ला कमिटिसंग पार्टी गतिविधिसंग सम्बन्धित ३० बुँदे जवाफ माग समेत गरेका छन् ।

आज नेकपा दार्चुलाका जिल्ला कमिटि सचिव बडाललाई अनुरोध पत्र बुझाएका युवा नेताहरुले भोलि जिल्ला कमिटि अध्यक्ष गणेश सिंह खत्रीलाई अनुरोध पत्र बुझाउने तयारी गरेको नेकपा दार्चुलाका युवा नेता उमेश जोशीले बताउनुभयो ।

पढ्नहोस युवाहरुले नेकपा दार्चुलालाई बुझाएको अनुरोध पत्र

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?