दार्चुला । दार्चुलामा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

आज कोरोना पुष्टि हुनेमा लेकम गाउँपालिकाका दुई जना र अपिहिमाल गाउँपालिकाका एक जना रहेका छन ।

लेकम गाउँपालिकाका २४ वर्षीय र ४१ वर्षीय पुरुष तथा जलविद्युत आयोजनामा कार्यरत अपिहिमाल गाउँपालिकाका ३० वर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको बैतडी प्रयोगशालाले जनाएको छ ।

लेकम गाउँपालिकामा कार्यरत एक जना कर्मचारी र एक जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भए पछि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय गरि ५७ जनाको स्वांव संकलन गरि परीक्षणको लागी जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा थियो ।

गाउँपालिका कोरोना संक्रमितको प्रतक्ष सम्पर्कमा रहेका जनप्रतिनिधि, गाउँपालिकामा कार्यरत कर्मचारी र स्थानीय गरि ५५ जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ, भने २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थय कार्यालय दार्चुलाका सूचना अधिकारी कार्कीले बताउनुभयो ।

आज तीन जनामा कोरोना संक्रमण पुष्टि भए संगै जिल्लामा हाल सम्म कोरोना संक्रमण हुनेको संख्या तीन सय १० पुगेको छ ।

कोरोना संक्रमण पुष्टि भएका तीन सय १० जना मध्ये दुई सय ९८ जना कोरोना संक्रमण मुक्त भईसकेको र अहिले १२ जना मात्रै कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

जिल्लामा उपचारको लागी धनगडी लैजादै गर्दा एक जनाको बैतडीको सतबाँजमा र दुई जनाको जिल्ला बाँहिर उपचारको क्रममा गरि तीन जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?