पीएम कप सुदूरपश्चिम छनौटः आज दार्चुला र बैतडी खेल्दै

दार्चुला । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौट अन्र्तगत आज पनि २ खेल हुदै छन् ।

कभर्डहल मैदानमा दार्चुला र बैतडी भिड्दा, खुलामञ्च मैदानमा अर्को खेलमा बझाङ र कैलालीबिच प्रतिस्प्रर्धा हुने छ ।

यसअघि हिजोको खेलमा कैलालीसंग दार्चुला ११७ रनले पराजित भएको थियो, भने बैतडीले बझाङलाई ७ विकेटले हराउदै राम्रो सुरुवात गरेको थियो ।

मंसिर २७ देखि सुरु भएको उक्त प्रतियोगितामा प्रदेशका ८ टोलीको सहभागिता रहेको छ । पुस ३ गतेसम्म सञ्चालन हुने उक्त पुरुषको छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनौट हुने नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले बताउनुभयो ।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता पुस ११ गतेबाट हुदैंछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?