दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ५ जयपुर मन्दीर नजीकै पिड अम्कुर जाने बाटोको माथि भिरको बिचमा खोलामा अड्कीएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

मृत फेला पर्नेमा लेकम गाउँपालिका वडा नम्बर ५ रिठाका अन्दाजी ३९ वर्षीय भूत पूर्व नेपाली सेना जगदीश बोहरा रहेको प्रहरीले जनाएको छ ।

मृतक बोहरा आईतबार पेन्सन बुझ्नको लागी दार्चुला सदरमुकाम खलंगा गएको र आजसम्म घर नर्फके पछि खोजी गर्दा आफन्तले आज शव फेला पारेका हुन् । घरबाट गएपछि सम्पर्कविहिन भएका बोहराको खोजी गर्दा भिरको बिचमा खोलामा मृत्यु भइसकेको अवस्थामा शव फेला परेको आफन्तजनले बताएका छन् ।

घटनास्थल मृतकको घर फर्किने बाटो भन्दा धेरै टाढा पर्ने भएकोले विभिन्न कोणबाट घटनाबारे अनुसन्धान भइरहेको छ । शव भेट्टिएको सय मिटर माथि जुत्ता झोला र पैसा समेत भेटिएको छ ।

घटनास्थलमा ईलाका प्रहरी चौकी रिठाचौपाताबाट प्रहरी नायब निरीक्षक लोकेन्द्र पुजारा नेतृत्वको टोली खटिएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र साउँद नेतृत्वको टोली घटनाको थप अनुसन्धानका लागि घटनास्थलमा खटिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

मृतक बोहराले विगतमा मदिरा सेवन गर्ने गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?