दार्चुला । प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटमा दार्चुला ९८ रनले पराजीत भएको छ ।
आज भएको खेलमा बैतडीले दिएको १९६ रनको लक्ष्य पन्छाएको दार्चुला २९ ओभरमा ९७ रनमा समेटियो। दार्चुलाका लागी सुरेस साउद र प्रेम कार्कीले समान १७ /१७ जोडे पनि टोलीलाई जिताउन सकेनन् ।
दार्चुलालाई सस्तैमा समेट्न बैतडीका जगदीश चन्दले ४ विकेट लिए ।
कञ्चनपुरस्थित कभर्डहल मैदानमा पहिला ब्याटिङ गरेको बैतडी ४० ओभरमा १९५ रनमा अलआउट भयो । बैतडीको जितमा जगदीश चन्द र वीरेन्द्र नाथले महत्वपूर्ण पारी खेले ।
खराब सुरुवात गरेको बैतडीले ७ दशमलब ४ ओभरमा २६ रनमा ३ विकेट गुमाइसकेको अवस्थामा जगदीश र वीरेन्द्रले ७६ रनको साझेदारी गरे । दार्चुलाका लागी जनक बडाल र करन डडालले ३/३ विकेट लिएका थिए ।
यस अघि हिजो भएको खेलमा दार्चुला कैलाली संग ११७ रनले पराजीत भएको थियो । दुई खेल हारे संगै दार्चुला प्रतियोगीताबाट बाहिरिएको छ ।




