दार्चुला । ’वाइड नेपाल ब्याडमिन्टन कप २०७७’ शुक्रबारबाट बाट दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा संचालन हुने भएको छ । वाइड नेपाल नामक संस्थाले आयोजना गरेको उक्त पुरुष ब्याडमिन्टन कपमा सुदूरपश्चिम प्रदेशका २८ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

जिल्लामै पहिलो र सर्वाधिक धनराशि रहेको यस प्रतियोगितालाई उत्साहजनक र मैत्रीपूर्ण वातावरणमा सम्पन्न गरिने वाइड नेपालका अध्यक्ष बिस्ना धामीले जानकारी दिनुभयो ।

खेलले प्रदेशभरीबाट सहभागी भएका विभिन्न क्षेत्रमा काम गर्ने प्रतिष्ठित व्यक्तिहरू सङ्ग परिचय र सम्बन्ध बढाउने काम गरेको गोकुलेश्वरका उद्यमी एवं ब्याडमिन्टन खेलाडी भुवन भण्डारीले बताउनुभयो ।

’वाइड नेपाल ब्याडमिन्टन कप २०७७’ को विजेतालाई नगद रू. ४० हजार, उपविजेतालाई नगद रू. २४ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष धामीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?