दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ५ जयपुर मन्दीर नजीकै पिड अम्कुर जाने बाटोको माथि भिरको बिचमा खोलामा अड्कीएको अवस्थामा मृत फेला परेका लेकम गाउँपालिका वडा नम्बर ५ रिठाका ३९ वर्षीय भूत पूर्व नेपाली सेना जगदीश बोहराको शवको पोष्टमाटम गरिएको छ ।

मृतक बोहरा आईतबार पेन्सन बुझ्नको लागी दार्चुला सदरमुकाम खलंगा गएको र बिहिबारसम्म घर नर्फके पछि खोजी गर्दा आफन्तले शव फेला पारेका थिए । मृतक बोहराको शुक्रबार गोकुलेश्वर अस्पतालमा पोष्टमाटम गरि शव लासघरमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घटनास्थल मृतकको घर फर्किने बाटो भन्दा धेरै टाढा पर्ने भएकोले विभिन्न कोणबाट घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव भेट्टिएको सय मिटर माथि जुत्ता झोला र पैसा समेत भेटिएको प्रतक्षदर्शीले बताएका छन् ।

घटनास्थलमा ईलाका प्रहरी चौकी रिठाचौपाताबाट प्रहरी नायब निरीक्षक लोकेन्द्र पुजारा नेतृत्वको टोली विहिबार बेलुकी देखि नै खटिएको थियो । मृतक बोहराको शव शुक्रबार दिउँसो मात्रै पोष्टमाटमका लागि गोकुलेश्वर अस्पताल लगिएको हो ।

मृतक बोहराले विगतमा मदिरा सेवन गर्ने गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?