दार्चुला । दार्चुला र बैतडीको सीमा नदी चमेलिया नदी किनारमा आज बिहान एक महिलाको शव फेला परेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

नदी किनारमा मृत अवस्थामा फेला परेकी अन्दाजी ३५ वर्षीया महिलाको पहिचान हुन नसकेको बैतडी प्रहरीले जनाएको छ ।

आज बिहान ८ बजेतिर स्थानीय नैनसिंह गोयलाले नदी किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । गोकुलेश्वर प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेपछि शवको पहिचान गर्ने प्रयास भइरहेको छ ।

नदीले बगाएर ती महिलाको शव ल्याएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थलतर्फ खटिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?