बैतडीमा ट्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना हुदा दुई जनाको ज्यान गएको छ ।

शनिबार बेलुकी साढे ४ बजेको समयमा मेलौली नगरपालिका वडा नम्बर ९ को असुरपाबाट मेलौली तर्फ आउदै गरेको सु प प्र ०१००२ त ४५७७ नम्बरको खाली ट्याक्टर दुर्घटना हुदा मेलौली नगरपालिका वडा नम्बर ९ का ३२ वर्षीय नारायण भट्ट र सोहि ठाँउका ५८ वर्षीय नारायण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

कैलालीको गौरीगंगा नगरपालिका २५ वर्षीय चालक अमृत चौधरी घाइते भएका छन् । चालकको उपचार भइरहेको छ ।

ट्याक्टर सडकबाट एक सय मिटर तल खसेको प्रतक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?