दार्चुला । बैतडीको मेलौली नगरपालिका वडा नम्बर ९ मा शनिबार अपरान्ह साढे चार बजे ट्याक्टर दुर्घटना हुँदा स्थानीय ३२ वर्षीय नारायण भट्ट र ५८ वर्षीय अर्का नारायण भट्टको मृत्यु भएको छ, भने दुर्घटनामा चालक घाईते भएका छन् ।
मेलौली नगरपालिका ९ स्थित भित्री सडक खण्डको असुरबाट मेलौलीतर्फ आउँदै गरेको सुप प्रदेश ०१००२ त ४५७७ नम्बरको खाली ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर सडकबाट एक सय मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।
ट्याक्टर दुर्घटनामा एकै गाउँमा दुई जनाको मृत्यु भएपछि मेलौलीको अशुर गाँउ शोकमा डुबेको छ ।
दुर्घटनामा घाईते चालक कैलालीको गौरीगंगा नगरपालिका–३, का २५ वर्षिय अमृत चौधरीको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना भएको सडक खण्ड यातायात सञ्चालगर्न अनुमति समेत नपाएको क्षेत्र हो ।

यसैबिच बैतडीमा दुई महिनाको अवधिमा बैतडीका २१ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन्, भने ६० जना घाईते भएका छन् ।
दुई महिनामा भएका दुर्घटनामा दोगडाकेदार गाउँपालिकाका मात्रै सात जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकासं युवाअवस्थाका मानिसहरु रहेका छन् ।





प्रतिक्रिया