कञ्चनपुरको बेलौरी नगरपालिकामा एक हप्तासम्मका लागि निषेधाक्षा जारी गरिएको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि बेलौरी नगर भित्र संक्रमण न्युनिकरणका लागि पुस ५ गते आइतबार देखि पुस ११ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बेलौरी नगरपालिकाले जनाएको हो ।
शनिबार दिउँसो बेलौरी नगर कार्यपालिकाको बैठक बसी बेलौरी नगर क्षेत्र भित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था, वित्तिय संस्था, शिक्षण संस्था, व्यापारिक व्यवसाय, सीमा नाका र सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख पोतिलाल चौधरीले बताउनुभयो ।
औषधालय, आयल स्टोर तथा उखु किसानका उखु ढुवानी साधन भने खुला रहने बताइएको छ ।





प्रतिक्रिया