दार्चुला । दार्चुलामा हाल सम्म तीन हजार आठ सय ४१ जनाको कोरोना परिक्षण गरिएकोमा तीन सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि भएका तीन सय १२ जना मध्ये हाल १४ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् । संक्रमण पुष्टि भएका दुई सय ९६ जनाले कोरोना जितको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाको महाकाली नगरपालिका, अपिहिमाल र लेकम गाउँपालिकामा गरी कुल १४ जना संक्रिय संक्रमित रहेका छन् । बाकी छ स्थानीय तह तत्कालका लागि संक्रिय संक्रमणमुक्त रहेका छन् ।
विद्यालयको सेवा क्षेत्रमा कोरोना भाइरस पोजेटिभ देखिएपछि लेकम क्षेत्रका माबि रातामाटा, माबि खरकडा, माबि मैखोली लगायत विभिन्न विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । संक्रिय संक्रमितहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।





प्रतिक्रिया