दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगत दार्चुलामा चालु आर्थिक वर्षमा स्थापना गरिएको सामाजिक विकास कार्यालय मार्फत आठ वटा स्थानीय तहमा १८ वटा विद्यालय भवनहरु निर्माण गरिन लागेका छन् ।

विद्यालय भौतिक पुर्वाधार निर्माण कार्य अन्तरगत फर्निचर सहित ११ वटा विद्यालयमा दुई कोठे भवन र सात वटा विद्यालयमा चार कोठे भवन निर्माण गरिने सामाजिक विकास कार्यालय दार्चुलाका प्रमुख रामचन्द्र ओझाले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्ष २०७७/०७८ को जेठ मसान्तभित्र निर्माण कार्य सम्पन्न गरि सक्ने गरी कार्य संचालन गर्न भौतिक पुर्वाधार निर्माण सम्बन्धि सम्झौता भइसकेको ओझाले बताउनुभयो । डिजाइन र स्टीमेट सहितको नमुना सम्झौता पत्रमा विद्यालयका प्रतिनिधि र कार्यालयका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

दार्चुलाको ब्यास गाउँपालिका बाहेकका स्थानीय तहमा विद्यालय भवन निर्माण हुनेछन् । सबै भन्दा बढी लेकम गाउँपालिकामा पाँच वटा विद्यालयमा भवन निर्माण हुनेछन् ।

अपिहिमाल गाउँपालिका, शैल्यशिखर नगरपालिका र दुहुँ गाउँपालिकामा तीन/तीन वटा, मार्मा गाउँपालिकामा दुई वटा र नौगाड गाउँपालिका र महाकाली नगरपालिकामा एक/एक वटा विद्यालय भवन निर्माण गरिने बताइएको छ ।

१८ वटा फर्निचर सहितका विद्यालय भवन निर्माणमा कुल पाँच करोड ३६ लाख रुपैँया खर्च हुने छ ।
दुई कोठे ११ वटा भवन निर्माणका लागी दुई करोड ४२ लाख तथा चार कोठे सात वटा फर्निचर सहितका भवन निर्माणका लागी दुई करोड ९४ लाख रुपैया बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?