दार्चुला । धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका युवाहरुले प्रदेशस्तरीय भेलाको आयोजना गरेका छन।
पूर्व निर्धारित कार्यक्रमअनुसार पार्टी एकताका लागि प्रदेश स्तरीय युवा दबाब अभियान नाम दिएर युवा संघले भेलाको आयोजना गरेको हो।
धनगढीको ओम प्यालेसमा जारी भेलामा नेकपाका सुदूरपश्चिमका प्रदेश अध्यक्ष कर्णबहादुर थापा लगायतका ओली पक्षीय नेताहरुको पनि सहभागिता रहेको छ।
युवाहरुले पार्टी एकताका लागि दबाब अभियान चलाइरहेका बेला मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नुभएको छ ।
यसअघि प्रचण्ड–नेपाल समूहका युवाहरुले भने प्रधानमन्त्री ओली विरुद्ध प्रर्दशन गरेका थिए। धनगढीमा प्रधानमन्त्री ओलीको पक्ष र विपक्षमा प्रदर्शन भइरहेको छ ।





प्रतिक्रिया