गोकुलेश्वर । ‘वाइड नेपाल ब्याडमिन्टन कप २०७७’ आइतबार (आज) सम्पन्न भएको छ ।

पौष ३ गतेदेखि सञ्चालन भएको ब्याडमिन्टन कपको उपाधी पाटनका बिरबहादुर खाती र रोशन बिष्टको जोडिले जितेको छ ।

आज भएको फाइनल खेलमा गोठलापानी बैतडीका चन्द्रसिंह डोबाल र दिनेश ठगुन्नाको जोडिलाई पराजित गर्दै पाटनका बिरबहादुर खाती र रोशन बिष्टको जोडीले उपाधी जितेको हो ।

चन्द्रसिंह डोबाल र दिनेश ठगुन्नाको जोडि उपविजेता भएको आयोजकले बताएको छ । वाइड नेपालले यहीँ पौष ३ गतेदेखि आयोजना गरेको ब्याडमिन्टन खेलमा २६ टोलिको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेताले नगद रू. ४० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेताले नगद रू. २४ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको वाइड नेपालका अध्यक्ष बिस्ना धामीले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि बैतडीका सुरेन्द्र कार्कीले जितेको अध्यक्ष धामीले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?