दार्चुला। प्रतिनिधिसभा विघटनविरुद्ध देशभरी विरोध प्रदर्शन भइरहेको छ ।

सोमबार (आज) दिउँसो दार्चुला सदरमुकाम खलंगामा नेकपाकै अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र वरिष्ठ नेता माधबकुमार नेपाल समर्थक युवा तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

संसद विघटन असंवैधानिक र गैरराजनीतिक भएको नेकपाको प्रचण्ड, नेपाल समुह सहित प्रतिपक्षी दलहरुले बताइरहेका छन् ।

दार्चुला सदरमुकाम खलंगामा भएको विरोध प्रदर्शनका क्रममा सर्बोच्च अदालतले संसद व्युताउनुपर्ने र असंवैधानिक कदम चालेको भन्दै पार्टी अध्यक्ष एबं प्रधानमन्त्री केपी सर्मा ओलीलाई कारवाही हुनुपर्ने नेताहरुले माग गरेका छन् ।

जनमत र संबिधान विपरीत संसद विघटन गरेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना समेत भएको खलंगाबाट पत्रकार ईन्द्र साउँदले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफूलाई कामै गर्न नदिएपछि बाध्य भएर संसद् विघटन गरेको दाबी गर्नुभएको छ ।

साेमबार दिउँसाे देशवासीका नाममा सम्बोधन गर्दै ओलीले आफ्नै पार्टीका केही नेताको सत्ता लोभको कारण सरकार र पार्टीलाई बन्दी बनाउने काम भएको परिणाम स्वरूप आफूले नयाँ कदम चालेको ओलीको भनाइ छ ।

सरकारले राम्रा काम गर्दा गर्दै पनि षड्यन्त्रका जाल बुनेर खेद्ने प्रयास भएकोप्रति ओलीले आपत्ति जनाउनुभएको छ ।

आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ‌ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको थियाे । पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हाे ।

प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?