प्रचण्ड-नेपाल समुहद्धारा दीर्घ सोडारीको कारबाही फुकुवा

दार्चुला । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा नेकपाका कैलाली अध्यक्ष दीर्घ सोडारीको कारबाही फुकुवा भएको छ।

काठमाडौंमा जारी नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले सोडारीलाई कारबाही फुकुवा गरेको हो। तत्कालीन नेकपा कैलाली अध्यक्षसमेत रहेका सोडारीलाई पुनः कैलालीको अध्यक्षको जिम्मेवारी दिइएको छ।

आचरण र पदीय मर्यादाविरुद्ध उजुरी परेको भन्दै २०७५ कार्तिकमा पार्टीले सोडारीलाई कारबाही गरेको थियो। उहाँलाई हटाएर सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी र कैलाली अध्यक्षमा रतन थापालाई नियुक्त गरिएको थियो ।

कैलाली क्षेत्र नम्बर ४ क बाट प्रत्यक्ष तर्फबाट निर्वाचित सोडारी प्रदेशसभा सदस्य भने कायमै रहनुभएको थियो ।

प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठकका निर्णयहरू

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?