मेस्सीले तोडे पेलेको किर्तीमान

दार्चुला । अर्जेन्टाईनी फुटबल खेलाडी लियोनल मेस्सीले एउटै क्लबबाट सर्वाधिक गोल गर्ने ब्राजिलीयन फुटबल हस्ती पेलेको कीर्तिमान तोडेका छन् ।

स्पेनिस क्लब बार्सिलोनाबाट ६ सय ४ गोल गर्दै मेस्सीले पेलेको कीर्तिमान तोडेका हुन् ।

गएराति भएको स्पेनिस लिगको खेलमा रियाल भालाडोलिडलाई ३–० ले हराउने क्रममा एक गोल गर्दै मेस्सीले यस्तो कीर्तिमान आफ्नो नाममा राखेका हुन् ।

ब्राजिलियन हस्ती पेलेले सन् १९५६ देखि १९७४ सम्म १९ सिजन ब्राजिली क्लब सान्तोषबाट खेल्दै ६ सय ४३ गोलको कीर्तिमान बनाएका थिए ।

मेस्सीले बार्सिलोनाबाट १७ औं सिजन खेलिरहेका छन् । उनले बार्सिालेनाबाट १० पटक स्पेनिस लिग र ४ पटक युरोपियन च्याम्पियन्स लिग जितेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?