दार्चुला । कैलालीमा जारी सुदूरपश्चिम प्रदेश स्तरीय प्रधानमन्धी महिला क्रिकेट छनौट प्रतियोगिताको उपाधी बैतडीले जितेको छ ।
कैलालीको फाप्ला क्रिकेट मैदानमा भएको फाइनलमा कैलालीलाई ३ रनले हराउदै बैतडीले उपाधी जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको बैतडीले निर्धारीत २० ओभरमा ९६ रन बनाएको थियो । बैतडीका लागि दिब्या कार्कीले नट आउट २३ रन जोडेकी थिइन । निर्मला भण्डारी र बिनिता बाहेराले समान १८ रन बनाए । कैलालीकी स्नेहा चौधरीले २ विकेट हात पारिन ।
९७ रनको लक्ष पच्छ्याएको कैलालीले निर्धारित २० वभरमा ५ विकेट गुमाउदै ९३ रन मात्रै बनायो । कैलालीका लागि चादनी शाहाले २३ रन बनाएकि थिइन । बैतडीका लागि रितु कनौजीया २ विकेट हात पारिन । प्लेयर आफ द ओम्यान फाइनल बैतडीकी दिब्या कार्की भइन ।





प्रतिक्रिया