बैतडी : जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुला । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बिहीबार (आज) बिहान ५ बजेतिर जयपृथ्वीराज मार्ग अन्तर्गत सुर्नया गाउँपालिकाको आलुगैरामा धनगढीबाट बझाङ तर्फ जादै गरेको से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा बझाङको बुंगल नगरपालिका वडा नम्बर ११ घर भएका चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर धामीले बताउनुभयो ।

दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक धामीले बताउनुभयो । घाईतेहरु मध्ये बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४ भटनाका ३५ बर्षीय जनकराज भट्ट र सोही ठाउँका अन्दाजी ४० बर्षीय गंगादत्त भट्टको अवस्था गम्भीर रहेको उहाँँले बताउनुभयो।

दुर्घटनामा परी घाइते भएका बझाङको बित्थडचीर गाउँपालिकाका हरिश बोहराको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ । घाइते तिनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । जिप सडकबाट करीब १५० मिटर तल खसेको छ भने दुर्घटना कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?